झापा, कात्तिक १३ । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।


आज बिहान करिब १०ः३० बजे तेह्रथुमबाट झापातर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

घाइते हुनेहरुमा बिर्तामोड ६ की ३० वर्षीया सुशिला तिमल्सिना (भित्री चोट, बोल्न नसक्ने, अवस्था मध्यम), तेह्रथुम आठराई त्रियुगा–१ का ६५ वर्षीय छबिलाल गुरुङ (टाउको र घुँडामा चोट, अवस्था सामान्य), सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शेर्पा (निधार र नाकमा चोट, अवस्था सामान्य ) , ताप्लेजुङ आठराईत्रिवेणी–१ की ६४ वर्षीया डम्बरकुमारी गुरुङ (अनुहारमा चोट, अवस्था सामान्य ) , सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्र गुरुङ (अनुहारमा चोट, अवस्था सामान्य ),२८ वर्षीया अञ्जना गुरुङ (बायाँ हातमा चोट, अवस्था सामान्य ), धनकुटाकी ३२ वर्षीया सुष्मा लिम्बू (बायाँ हातमा चोट, अवस्था सामान्य), पाँचथर फालेलुङ–६ की २३ वर्षीया असिना तामाङ (निधारमा चोट, अवस्था सामान्य) , झापा बुद्धशान्ति–४ की २७ वर्षीया चन्द्रकला कालिकोटे (बाहिरी चोट नभएको, अवस्था सामान्य ) र मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६ बस्ने ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली (दाहिने हातको हत्केलामा चोट, अवस्था सामान्य ) रहेका छन् ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ।
बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ निवासी २६ वर्षीय रबिन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो सडकबाट करिब १० मिटर तल खसेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्