झापा,कात्तिक १३ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।


ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए। बिहीबार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आन्दोलनलाई सांकेतिक रूपमा मात्र लिन जरुरी रहेको बताएका थिए। उनले २५ हजार श्रमिकको रोजगारी गुम्दै गएको र गुमाउने नचाहेको बताएका थिए। ‘अतः यो कारणले…’ शब्दसहितको वाक्य पुरा गर्न नपाउँदै उनी ढलेका थिए।

उपचारका लागि क्रिमसन अस्पताल पु¥याउँदा उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए। उनको शव अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्