झापा, कात्तिक १३ । आज दिनभर मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको हो ।


‘यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ,’ विभागका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।’

आज दिनभर बागमती, कोशी, मधेश प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनीमा स्थान विशेष फाट्टफुट्ट पानी परेको उनले जानकारी दिए । गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्षात भएको छ ।

बुधबारदेखि परेको वर्षा शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सतर्कता अपनाएर सुरक्षित रहन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसमबारे जानकारी लिएर हिँड्न विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्