झापा, कात्तिक १४ । जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्ग र वैकल्पिक सडकमा सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाएको छ ।


हिजोदेखिको निरन्तर वर्षाका कारण इलामको मेची राजमार्गस्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएको छ । साथै तिल्केनी– सिमलगोलाई – शिल्पुर वैकल्पिक सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय इलामले अर्को सूचना जारी नभएसम्मका लागि ती बाटो हुँदै सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जानकारी दिएको छ ।

इलाम– ९ राजदुवालीस्थित मेची राजमार्गको विभिन्न ठाउँमा जमिन चिरा परी दवेको कारण पहिरो जान सक्ने धेरै जोखिम रहेको छ । जसका कारण दुवैतर्फ सडक अबरोध भएको छ । इलाम– १० शिल्पुरदेखि इलाम ८ तिल्केनी जोड्ने वैकल्पिक भित्री सडकखण्ड समेत अबरोध रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा र प्रहरी चौकी गोलाखर्कबाट प्रहरी बरिष्ठ हवल्दार शम्भुकुमार राजवंशीको कमाण्डमा प्रहरी टोली खटिएर सडक खुलाउन सडक डिभिजन कार्यालय इलामसंग आवश्यक समन्वय भइरहेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्