झापा, कात्तिक १४ । झापा गौरीगंजको खजुरगाछी बजारमा भएको आगलागीबाट १ करोड २० लाख बराबरको क्षति भएको छ ।

चन्द्रप्रसाद नायकको नाममा रहेको राहुल खुद्रा किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख, उनकी श्रीमती मिनुदेवी नायकको नाममा रहेको लक्ष्मी भाडा पसल पूर्ण रुपमा जल्दा २० लाख र राजेन्द्र ढकालको घर र घरभित्र रहेका सुन, चाँदी , नगद ,लत्ताकपडा ,भाँडाबर्तन गरी ७० लाख गरी जम्मा १ करोड २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गएराति १० बजे गौरीगंज गाउँपालिका ६ खजुरगाछी बजार बस्ने नायकको होलसेल किराना पसलबाट विद्युत सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट नायकको पसलसंगै नजिकै रहेको राजेन्द्र ढकालको इटाको गारो र टिनको छाना भएको २ तले आठकोठे घर पनि जलेर नष्ट भएको हो ।आगलागीबाट त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्