झापा, कात्तिक १४ । झापाका चार पालिकाले हरिवोधिनी एकादशीको विदा दिएका छन् ।

हल्दिवारी , कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले आइतवार स्थानीय विदा दिएका हुन् । हरिवोधनी एकादशी भोलि शनिवार परेको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व हरिवोधिनी एकादशीको अवसरमा आइतबार गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) हरुमा विगत वर्षहरुमा झैं यस वर्ष पनि स्थानीय सार्वजनिक विदा दिइएको ती पालिकाहरुले सूचना जारी गरी जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्