झापा, कात्तिक १५ । झापा गाउँपालिका वडा नं.५ र बाह्रदशी गाउँपालिका वडा नं.२ को सिमाना हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि शव भेटिएको छ ।

कालो प्लास्टिकले बेरिएको शव गन्हाएको अबस्थामा भेटिएको हो । २–४ दिन अगाडी नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोली पुगेर शव गाडिएको ठाउँबाट भर्खरै शव निकालिएको छ ।




