झापा, कात्तिक १६ । कानुन संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा झापामा ३ हजार ३७६ नयाँ मतदाता थपिएका छन् ।

योसंगै झापाको मतदाता संख्या ६ लाख ८२ हजार ६५३ पुगेको छ । यसअघि झापामा ६ लाख ७९ हजार २७७ जना मतदाता रहेका थिए ।
देशभरि ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् । १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम दर्ता गर्न निर्वाचन आयोगले ३० कात्तिकसम्मको समयसीमा तोकेकाले अब दुई साताको अवधि मात्र बाँकी छ ।



