झापा, कात्तिक १७ । आइसीयुको विरामीको मृत्यु ढिलो जानकारी गराएको बिषयमा बीएण्डसी अस्पताल बिर्तामोडमा विवाद भएको प्रहरीले जनाएको छ ।

कमल गाउँपालिका –२ केर्खा बस्ने ८३ वर्षीय रंगनाथ पौडेलको मृत्यु भइसकेर अस्पतालले ढिलो जानकारी गराएको विषयमा विवाद भएको हो । पेट दुख्ने बिरामी भई उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा पौडेलको हिजो दिउँसो १ बजे मृत्यु भएको थियो । उनको मृत्यु भएको ढिलो जानकारी गराएको भन्दै साँझ ५बजेतिर मृतकका आफन्तहरुले अस्पतालमा विवाद गरेका थिए । त्यसक्रममा मृतकका आफन्त र अस्पतालका सुरक्षागार्डबीच कुटाकुट नै भएको थियो ।

मृतकका आफन्तहरु करिब २० जना भेला भई अस्पताल प्रशासनसंँग विवाद गरेका थिए । पछि आफन्त र अस्पताल प्रशासनबिच छलफल भई साँझ ५ः५० बजे अस्पताल प्रशासनले सम्झाई बुझाई शव मृतकका आफन्तलाई जिम्मा दिएको जनाइएको छ । विरामीको मृत्यु भइसक्दा पनि आइसियुको भेन्टिलेटरमा राखेर अस्पतालहरुले रकम असुल्ने गरेको गुनासो सुनिने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्