झापा, कात्तिक १८ । कांग्रेस महामन्त्री गगन थापाले मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा पुस १६ र १७ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका प्रस्तुत गरेका छन् ।

केन्द्रीय समितिले निर्णय नगरेमा विशेष महाधिवेशनमा जानुपर्ने बाध्यात्मक स्थिति रहेको धारणा उनले राखेका छन् । महामन्त्री थापाले बोलिसकेपछि संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र राय यादवले बोलेका थिए ।

जेन–जी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियो । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्