झापा, कात्तिक १९ । लागूऔषधसहित झापा बिर्तामोड– ६ का दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा २३ वर्षीय संजय गिरी र ३१ वर्षीय सोमबहादुर राई रहेका छन् । हिजो दिउँसो १२ः३० बजे बिर्तामोड– ६ किरात टोल बस्ने संजय गिरीको घरमा लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।



