झापा, कात्तिक १९ । झापाको अर्जुनधारामा जंगली हात्तीले एक विपन्न परिवारको घर भत्काएर विचल्ली बनाएको छ ।

हिजो बिहानको राति १;३० बजे एउटा हात्तीले अर्जुनधारा ११ बगान लाइन बस्ने सुलेमान उराउको टिनको छानो र बाँसको बेरा भएको भुइँतले घर भत्काएर घरभित्र रहेका खाद्यान्न खाएर क्षति पुर्याएको हो ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डमा प्रहरी टोली खटिएर बुझ्दा घर र खाद्यान्न गरी ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्