झापा, कात्तिक १९ । दुई महिनापछि पूर्वराजा ज्ञानेन्द्र शाह फेरि झापा आउँदै छन् ।

आज बिहान ११.४५ को बिमानबाट उनी चन्द्रगढी आउन लागेका हुन् । उनको स्वागतका लागि राजावादीहरु चन्द्रगढी बिमानस्थलमा पुगेका छन् । यसअघि १० दिन दमकमा बसेर उनी गत भदौ १९ गते राजधानी फर्किएका थिए ।



