दमक, कात्तिक १९ । झापाको दमक नगरपालिका–६ मामाचोकमा आज बिहान स्कूल बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

सेन्कु पब्लिक स्कुलको को १ख २३०१ नं को बसले बिहान ९ बजेतिर मे.१०प ३६३२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दमक–२ का २३ वर्षीय विनोद धिमाल गम्भीर घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ । उनलाई सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर रेफर गरिएको दमक प्रहरीले जनाएको छ।
त्यस्तै मोटरसाइकलमा पछाडि सवार दमक–१ का २० वर्षीय सरोज तामाङ सामान्य घाइते भएका छन्।



