झापा, कात्तिक १९ । दुई महिनापछि पूर्वराजा ज्ञानेन्द्र शाह फेरि झापा आइपुगेका छन् ।

आज दिउँसो १.१० बजे चन्द्रगढी बिमानस्थलमा बुद्ध एयरको बीएचए९५५को उडानमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह , छोरी प्रेरणा शाहलगायत ७ जनाको टोली आइपुगेको हो ।

उनीहरुलाई स्वागत गर्न नेपाल विद्वत परिषद्का केन्द्रीय उपाध्यक्ष बल्लवप्रसाद दाहाल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डल , सुभद्रादेवी गेलाल , ज्वाला दाहाल , सन्दिप घिमिरे, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , पूर्व श्रम तथा पूर्वाधार विकास सहायक मन्त्री टेकनारायण राजवंशी ,भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की ,भद्रपुर वडा नं ७ का वडाध्यक्ष अभिशेष ढुंगाना , चेतनाथ दहाल, पूर्व अञ्चलाधीश प्रजापति कोइरालालगायत ४०–४५ जनाको उपस्थिति रहेको थियो ।

उनीहरूले ‘राजा आऊ देश बचाऊ, राजतन्त्र जिन्दावाद,श्री ५ ज्ञानेन्द्र सरकार जिन्दावाद,हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ताका नारा लगाएका थिए। त्यसपश्चात् पूर्वराजा शाह बा २१ च ७३१८ नम्बरको गाडीमा दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेट मिनी दरवारतर्फ प्रस्थान गरेका छन् । यसअघि १० दिन दमकमा बसेर उनी गत भदौ १९ गते राजधानी फर्किएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्