झापा, कात्तिक १९ । बिर्तामोडको अधुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान ९ः४५ बजे बिर्तामोड वडा नं. ४ मेघाबारी टोल बस्ने बिक्रम माझीका छोरा २ वर्ष ५ महिनाका दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अधुवा खोलामा डुबेका थिए । बालक डुबिरहेको अवस्थामा उनका हजुरबुबाले देखेर उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउँदा उनको मृत्यु भइसकेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



