झापा, कात्तिक २० । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका एक थुनुवा पक्राउ परेका छन् ।

हिजो विहान बिर्तामोड वडा न.३ बाट सोही ठाउँ बस्ने वर्ष२६का बिरबहादुर राजवंशी पक्राउ परेका हुन् । जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको हिरासतबाट लागूऔषध मुद्धाका आरोपी राजवंशी फरार भएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरी इप्रका बिर्तामोडमा राखेको छ ।
जेनजी आन्दोलनका क्रममा झापाबाट ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ४ जना पक्राउ परेका छन् भने ८८ जना अझै फरार छन् ।



