झापा, कात्तिक २० । झापामा इन्टरनेट विस्तारका लागि केबलको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आशिष खनाल रहेका छन् । कमल गाउँपालिका ६ मंगलबारेमा फस्ट लिंक (वाईफाई) कम्पनीमा काम गर्ने खनाल कात्तिक ११ गते बिजुलीको पोलमा चढी केबलको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर भुइँमा झरेका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो । नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएको भन्दै उपचार सम्भव नहुने जानकारी परिवारलाई गराएका थिए। त्यसपछि घर फर्काउने क्रममा हिजो उनको मृत्यु भएको हो ।
आज बिहान सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको थियो । पोष्टमार्टमपश्चात् सदगतको लागि मृतकको बुबाले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




अहिले इन्टरनेट चलाउने काम यसै तल्लो खेलको खेल हो भन्ने गर्नु पर्दछ! झापामा केबल जडान गर्दा आशिष खनाल युवाको मृत्यु भएको छ! इन्टरनेटको शक्ति यो देखि के अन्त हुन्छ भन्ने लागि जिज्ञासा बढेको छ। आशिषको बुबा भन्दा केहि बढी स्वास्थ्य भएको छ कि भन्ने लागि त्यो खाली बसेको छ। आउनु होस् इन्टरनेटको बिजुली चलाउने काममा जस्तै सुरक्षा प्राप्त गर्नु पर्छ!