झापा, कात्तिक २० । ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित दमकका एक युवक पक्राउ परेका छन् ।

आज साँझ ५ः३० बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतको पानीट्यांकीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका दमक नगरपालिका वडा नं ५ बस्ने ३१ वर्षीय राजु श्रेष्ठ ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका छन् । शंका लागेर चेकजाँज गर्ने क्रममा उनको साथबाट प्लाष्टिकबाहेक ४५ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।

लागूऔषधसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय. काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्