झापा, कात्तिक २१ । बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको छ ।

दुई दिनअघि बुधवार साँझ ७.२५ बजे बिर्तामोड १ अञ्जली अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री अर्जुनधारा ४ बस्ने ५५ वर्षीय कृष्णबहादुर मगर गंभीर घाइते भएका थिए । कन्यामबाट पश्चिम दुहबीतर्फ जाँदै गरेको प्र १–०२–००१ प ३५५७ न.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मगरलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा आज दिउँसो ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका वडा नं. ६ बस्ने २० वर्षीय बसन्त माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्