झापा, कात्तिक २२ । सहकारी ठगीको आरोपमा ५० लाख जरिवाना र दुई वर्ष कैद तोकिएका झापा बुद्धशान्तिका सूर्य तामाङ पक्राउ परेका छन् ।

बुद्धशान्ति–१जुनेली बस्ती बस्ने ४४ वर्षीय सूर्य तामाङलाई आफ्नै घरबाट हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ठगी मुद्दामा जिल्ला अदालत इलामबाट २०७५ बैशाख १०गतेको फैसलाले उनलाई २ वर्ष कैद र ५० लाख ३० हजार २६५ रुपैयाँ जरिवाना तोकिएको थियो । ठगीपछि उनी फरार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्