झापा,कात्तिक २२ । नेपाल स्काउटमा निर्देशक नियुक्ति प्रक्रियालाई लिएर विवाद चुलिएको छ।

नेपाल स्काउट शुद्धीकरण अभियान समितिले शनिबार कार्यालय परिसरमा धर्ना दिएर नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको छ।
समितिले धर्ना दिइरहेको बेला कार्यालयभित्र सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता चलिरहेको थियो। धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबिच धक्कामुक्की समेत भएको थियो।
शुद्धीकरण समितिका संयोजक देवदूत अधिकारीले बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गर्नु गलत भएको बताए। उनले प्रमुख आयुक्तको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्देशक नियुक्त गर्न नमिल्ने तर्क गरे।
अधिकारीले निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निर्वाचित प्रमुख आयुक्तलाई निलम्बन गरेर चौधरीकै विद्यालयमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएको आरोप लगाए। उनले स्काउटभित्रका विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्न छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरे।
यसैगरी, स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले आफूलाई राष्ट्रिय परिषद्को बैठकले नियुक्त गरे पनि तत्कालीन मन्त्री चौधरीले कानुनी प्रक्रिया नपु¥याई हटाएर देवराज घिमिरेलाई आयुक्त बनाएको भन्दै आफूले सर्वोच्चमा मुद्दा हालेको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्