झापा, कात्तिक २२ । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे मेचीनगर वडा न.४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानले आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते प्रधानलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

साथै पोखरी छेउमा बाँधिएको गाईसमेत करेन्ट लागेर मरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिटाबाट टोली खटिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्