झापा, कात्तिक २३ । सानो माईखोलामा पौडी खेल्ने क्रममा उल्टी जम्प हान्दा एक युवकको गर्दन भाच्चिएको छ ।

हिजो दिउँसो २ः३० बजे कन्काई वडा न.७ बस्ने ३६ वर्षीय चन्दन मुर्मुले झापा गाउँपालिका वडा नं.३ स्थित सानो माईखोलामा पौडी खेल्ने क्रममा उल्टी जम्प हानेका थिए ।
त्यस क्रममा गर्दन भाच्चिएको र टाउकोमा चोट लागेका मुर्मुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनी सिमलबारीस्थित फुपूको घरमा मरिमराउमा आएका थिए ।



