झापा, कात्तिक २३ । भारतबाट लागूऔषध ल्याउँदै गर्दा दमकका दुईजना युवा पक्राउ परेका छन् ।

आज साँझ ७.१५ बजे झापा गाउँपालिका १ सालमारा सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१.०१.०१४ प ६९४० नं को स्कुटीमा सवार दमक ५ बस्ने २३ वर्षीय दिपेश ढकाल र दमक १ बस्ने २७ वर्षीय सौगात श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ब्राउनसुगर , प्रयोग गरेको सिरिन्ज , नाइट्रोजन आधा पिस ट्याब्लेट बरामद भएको छ । उनीहरुलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्