दमक, कात्तिक २३ । इलाका प्रहरी कार्यालय दमकमा तोडफोड,आगजनी र लुटपाटमा संलग्न २१ वर्षीय साजन लुहागुनमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ ।

आज जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव कसुरमा ५ दिन म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँचथर मिक्लाजुङ वडा नं. ५ स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नं. १ बस्ने लुहागुनलाई हिजो दिउँसो २ बजे दमक वडा नं. ५ बाट पक्राउ गरिएको थियो । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकको कार्यालयमा तोडफोड,आगजनी, लुटपाट गर्ने कार्यमा उनको संलग्नता रहेको पाइएको छ ।

उनले आफ्‌नो टिकटकमा इलाका प्रहरी कार्यालयमा आगो लगाउँदै गरेको, गोली बोकेको भिडियो तथा फोटोहरु हालेका थिए । त्यसकै आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्