झापा, कात्तिक २४ । बृहत एकता आव्हानको सन्देशसहित राष्ट्रिय झण्डा बोकेर जेनजीहरुले बिर्तामोडमा शान्ति पदयात्रा निकालेका छन् ।


विभिन्न दल र समूहमा आबद्ध भएका जेनजी र युवालाई एकीकृत हुन आह्वान गर्दै जेनजी युनाइटेड मुभमेन्टको अगुवाईमा बिर्तामोडमा ¥याली निकालिएको हो । बिर्तामोडको सिटीसेन्टरबाट शुरु भएको ¥यालीले अहिले बिर्तामोड बजार परिक्रमा गरिरहेको छ ।

परिक्रमापश्चात् पुनः सिटीसेन्टरमा पुगेर कोणसभामा परिणत हुने जेनजी अगुवा सुवेश भारतीले जानकारी दिए । राष्ट्रिय झण्डा र विभिन्न नारा लेखिएका प्लेकाड बोकेका सहभागीहरुको संख्या करिव २ सय रहेको छ । जेनजीहरुले प्रदर्शन गर्ने भनेपछि बिहानदैखि बिर्तामोडमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्