झापा, कात्तिक २५ । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा आक्रमण गर्ने १३ जना पक्राउ परेका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड, इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय भवन, सवारी साधन लगायत सरकारी संरचनामा तोडफोड र आगजनी भएको थियो । त्योसंगै लुटपाट र प्रहरी कर्मचारीमाथि सांघातिक आक्रमणसमेत भएको थियो । सीसीटिभी फुटेज, भिडियो, फोटो र देख्ने साक्षी लगायतको अध्ययन बिश्लेषणबाट पहिचान गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

पक्राउ पर्नेहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने ९ जना र इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने ४ जना रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्दा पक्राउ पर्नेहरु
१. नाम : नवराज राई
उमेर : ४५ बर्ष
वतन : बिर्तामोड– ५
कसुर : ज्यान मार्ने उद्योग
पक्राउ मिति : २०८२।०७।२० गते (मिति २०८२।०७।२० गतेबाट ७ दिन म्याद थप)
२. नाम : राजन चौधरी
उमेर : २२ बर्ष
वतन : बिर्तामोड –५
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२२ गते (मिति २०८२।०७।२२ गतेबाट ५ दिन म्याद थप)
३. नाम : आयुस धिमाल
उमेर : २० बर्ष
वतन : बिर्तामोड–५
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते (मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
४. नाम : गोपाल संग्रौला
उमेर : ४२ बर्ष
वतन : कन्काई –१
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
५. नाम : बिष्णु बि.क.
उमेर : २५ बर्ष
वतन : कन्काई –३
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
६. नाम : कुसल तिम्सिना
उमेर : २५ बर्ष
वतन : शिवसताक्षी –१०
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२२ गते (मिति २०८२।०७।२२ गतेबाट ४ दिन म्याद थप)
७. नाम : संजय बस्नेत
उमेर : ३१ बर्ष
वतन : शिवसताक्षी –१०
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२३ गते ( मिति २०८२।०७।२३ गतेबाट ३ दिन म्याद थप)
८. नाम : पुजा मगर
उमेर : २४ बर्ष
वतन : बिर्तामोड –५
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
९. नाम : सुरज राई
उमेर : २८ बर्ष
वतन : अर्जुनधारा–७
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)

इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्दा पक्राउ पर्नेहरु
१०. नाम : रियाज सिलवाल
उमेर :१९ बर्ष
वतन : दमक–३
पक्राउ मिति :मिति २०८२।०७।२३ गते (आपराधिक उपद्रव कसुरमा मिति २०८२।०७।२३ गतेबाटै ४ दिन म्याद थप)
११. नाम : नकुल अधिकारी
उमेर : २२ बर्ष
वतन : इलाम चुलाचुली–३
पक्राउ मिति : मिति २०८२।०७।२३ गते (आपराधिक उपद्रव कसुरमा मिति २०८२।०७।२३ गतेबाटै ४ दिन म्याद थप)
१२. नामः साजन लुहागुन
उमेर : २२ बर्ष
वतन : पांँचथर मिक्लाजुङ –५ घर भई हाल दमक –१
पक्राउ मिति : मिति २०८२।०७।२२ गते (आपराधिक उपद्रव कसुरमा मिति २०८२।०७।२३ गतेबाटै ५ दिन म्याद थप)
१३. नामःलोमश कटुवाल
उमेर : २४ बर्ष
वतन : दमक –७
पक्राउ मिति : मिति २०८२।०७।२४ गते

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्