झापा, कात्तिक २५ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवा पक्राउ परेका छन् ।

गएराति ८ः१०बजे बिर्तामोड ६ बस्ने २८ वर्षीय अनुमेश गिरीलाई उनको घरबाटै पक्राउ गरिएको हो । गत साउन १७ गते लागूऔषधसहित उनी पक्राउ परी इलाका प्रहरी कार्यालय कार्यालय बिर्तामोडमा राखिएका थिए । जेनजी आन्दोलनका क्रममा अरुसंगै गिरी पनि फरार भएका थिए ।
जेनजी आन्दोलनका क्रममा बिर्तामोड र दमक प्रहरीको हिरासतबाट ९२ जना थुनुवा फरार भएका थिए । तीमध्ये पाँच जना मात्र अहिलेसम्म पक्राउ परेका छन् ।



