एजेन्सी । बलिउड अभिनेत्री एवं बीजेपी सांसद हेमा मालिनीले आफ्‌ना पति अभिनेता धर्मेन्द्रका विषयमा आएको समाचारप्रति आपत्ति जनाएकी छन् ।

धर्मेन्द्रलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। केही मिडियाले उनको निधन भएको भन्दै गलत समाचार प्रकाशित गरेका छन् । त्यसलाई हेमा मालिनीले खण्डन गरेकी हुन् ।

हेमा मालिनीले एक्समा पोस्ट गर्दै भनेकी छन् “जे भइरहेको छ त्यसलाई माफी दिन सकिदैन । जिम्मेवार च्यानलले झुठो समाचार प्रकाशित गरेका छन् । उहाँको उपचार भइरहेको छ । निको हुनु हुँदैछ । ”
उनले लेखेकी छन् “यो अत्यन्त अपमानजनक र गैरजिम्मेवारी हो । कृपया परिवार र उसको प्राइवेसीलाई सम्मान गर्न सिकौं ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्