बिर्तामोड, कात्तिक २५ । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थीभित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चको रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो झापाको बिर्तामोडबाट सुरू हुने भएको छ ।


‘स्टुडेन्ट अफ द ईयर’ नाम दिइएको बहुप्रतिभा प्रदर्शनको एक मात्र प्रतिष्ठित डबलीका रूपमा सुरू हुन लागेको शोको प्रथम अडिसन झापाको बिर्तामोडमा ६ मंसिरमा हुने भएको हो ।

नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट रहेको स्टुडेन्ट अफ द ईयरका क्रिएटिभ हेड ईमरान अलीले जानकारी दिए । उनले देशभरिका १३ वर्षदेखि २१ वर्षसम्मका बिद्यार्थीहरूको सहभागिता रहने बताउँदै झापाको बिर्तामोडसहित देशभरका ११ वटा शहरमा अडिसन हुने जानकारी दिए ।

उनले स्टुडेन्ट अफ द ईयरमा भाग लिन बिद्यार्थीहरुले रजिष्ट्रेसन शुल्क नौ सय उनानसय रूपैयाँ वुझाउनु पर्ने त्यसपछि फाइनलसम्म कुनै पनि शुल्क नलाग्ने समेत प्रष्ट पारेका छन् । बिर्तामोडमा मंसिर ६ गते नेपालकै पहिलो अडिसन हुने अलीको भनाई छ । मंसिर ५ गते ट्रफी टुर गरिने समेत उनको भनाइ छ ।

स्टुडेन्ट अफ द ईयरका बिजेताले नगद ५ लाख, ५ लाख मूल्य बराबरको छात्रवृत्तिसहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

स्टुडेन्ट अफ द ईयरकी कार्यक्रम सञ्चालिका इभा गिरीले बिद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले स्टुडेन्ट अफ द ईयरको आयोजना गरेको बताइन् । सहजै प्रतिभा पस्कन सकिने मूल थलोका रूपमा सो रियालिटी सो आउने बताउँदै गिरीले मापदण्डभित्र पर्नेले भाग लिन नडराइ आउन आग्रह समेत गरिन् ।

कार्यक्रममा स्टुडेन्ट अफ द ईयरका निर्णायक युवा बैज्ञानिक आरिफ अलीले स्टुडेन्ट अफ द ईयरबाट विद्यार्थीले आफूभित्र रहेको प्रतिभालाई निखार्ने मौका पाउने बताए । उनले स्टुडेन्ट अफ द ईयरबाट बिद्यार्थीले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन पाउने जनाउँदै आफूसंग लुकेको प्रतिभा प्रष्फुटन गर्न यो शोभित्र आउन सवैलाई आग्रह समेत गरेका थिए ।
स्टुडेन्ट अफ द ईयरका प्रोड्युसर दिव्य सापकोटाले बिद्यार्थीले आफ्नो प्रतिभा देखाउने सजिलो प्लेटफर्म भएको बताउँदै सदुपयोग गर्ने अवसर गुमाउनु नहुने जानकारी दिए ।

स्टुडेन्ट अफ द ईयरका कार्यक्रम संयोजक अश्विन तिम्सिनाले स्टुडेन्ट अफ द ईयरमा बिद्यार्थीले आफूमा भएका सबै प्रतिभा प्रस्फुटन गर्ने भएकाले यस कार्यक्रममा भाग लिन सबैलाई आग्रह गरे । उनले विभेद र अन्याय नहुने कार्यक्रमबाट नेपाली युवायुवतीले संसारमा चिनिने मौका निर्माण हुने समेत दावी गरेका छन् । युवा वैज्ञानिक तथा इञ्जिनियर आरिफ अलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्