झापा, कात्तिक २५ । झापा गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज बिहान १० बजे झापा गाउँपालिका वडा न.६ शरणामतीमा वडा नं .७ बस्ने ४५ वर्षीय सुनिल सोरेनले मे १ त ३३१६ न.को ट्रयाक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडेर दुर्घटना भएको थियो ।
दुवै खुट्टा र टाउकोमा चोट लागेका घाइते सोरेनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



