झापा, कात्तिक २६ । अत्यधिक सवारी दुर्घटना हुने क्रममा झापामा हिजो एकैदिन १२ वटा दुर्घटना भएको छ । जसमा एकजनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

हिजो बिहान १० बजे झापा गाउँपालिका वडा न.६ शरणामतीमा वडा नं .७ बस्ने ४५ वर्षीय सुनिल सोरेनले मे १ त ३३१६ न.को ट्रयाक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडेर दुर्घटना भएको थियो । घाइते सोरेनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचार क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो विहान ९ बजे कमल वडा न.५ पाडाजँुगीस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट झिलझिलेतर्फ आउँदै गरेको अनटेस्ट अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा चालक मोरङ मिक्लाजुङ ६ बस्ने बर्ष ४७ का चन्द्रबहादुर राई,अटोमा सवार सोही ठाउँ बस्ने बर्ष ५० की शान्ति लिम्बू,बर्ष १७ की सजिना तामाङ, बर्ष २२ की मनिसा लिम्बू , मिक्लाजुङ.४ बस्ने बर्ष ६० का इन्द्रप्रसाद खतिवडा रहेका छन् । उनीहरुको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो दिउँसो २ बजे मेचीनगर वडा न.४ माताचोकस्थित काँकडभिट्टा– बाहुनडाँगी सडकखण्डमा काँकडभिट्टाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प २६८५न.को मोटरसाइकलले साइकलयात्री मेचीनगर ४ बस्ने वर्ष४२ का रोहितकुमार राईलाई ठक्कर दिई घाइते बनाएको छ । त्यस्तै मोटरसाइकल चालक मेचीनगर वडा न.१ बस्ने वर्ष २३ का फुर्वा तामाङ पनि घाइते भएका छन् । दुबै घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो दिउँसो ३ः४५बजे गौरादह ८ जुरोपानी चोकस्थित गौरीगंज– गौरादह भित्री सडकखण्डमा गौरादहबाट गौरीगंजतर्फ जाँदै गरेको गौ.न.पा. ई२०३नम्वरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको छ । दुर्घटनामा सिटी सफारीमा सवार गौरादह ४बस्ने वर्ष अन्दाजी ६०का दयाराम भट्टराई घाइते भएका छन् । उनलाई उपचारको लागि निम्स अस्पताल दमक लगिएको छ । सिटी सफारी र चालक गौरादह ८बस्ने वर्ष४१ का पदम ढकाललाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो विहान शिवसताक्षीमा थेसर पल्टिएर एकजना घाइते भएका छन् । घाइते हुनेमा शिवसताक्षी–१०बस्ने बर्ष–४३ का भगिमान पौडेल रहेका छन् । विहान ९ः३० बजे पौडेलले सोही ठाउँ बस्ने हरिकृष्ण मैनालीको प्र.१–०१–००२त८७३०नंको थेसर ट्रयाक्टर बोलाई आफ्नै बारीको धान थेसर लगाउन लाने क्रममा अचानक थेसर पल्टिई पौडेललाई थिचेको थियो । उनको बायाँपट्टिको कमरको भाग नचलेकोले उपचारको लागि अर्थोकेयर एण्ड ट्रमा सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।
त्यस्तै कात्तिक २२ गते बिहान ११ः३०बजे बिर्तामोड ५ सगरमाथा चोकस्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६च ३२६९नं को कार र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–०१३ प ३३० ३ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ८बस्ने वर्ष ४७का यदुनाथ पोख्रेल घाइते भएका थिए । दुबै पक्षको सहमतिमा स्थानीय मेडिकलमा उपचारपश्चात् घर गएकोमा बिर्तासिटी अस्पतालमा दुबै पक्ष आई चेक गराउँदा टाउकोमा रगत जमेकोले सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो साँझ ७ः३० बजे कन्काई १ जुके कल्भर्टस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको प्र.१–०१–०१७प ८२५१ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ३ बस्ने २७ वर्षीय टेकनाथ कडरिया घाइते भएका छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै गएराति ८ बजे बुद्धशान्ति –२ प्रणामी मन्दिरस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको मे.१ ह.४३१२ न.को अटो आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा अटो चालक सोही ठाउँ बस्ने बर्ष ४० का धनबहादुर बिश्वकर्मा र अटोमा सवार बर्ष २५ की यसोदा रसाईली घाइते भएका छन् । दुवैको बुधवारेमा उपचार भइरहेको छ ।
त्यस्तै राति १० बजे कमल वडा न.५ पाडाजुँगी चोकस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्र.१–०१–०१६प८४५७ न. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६प६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको छ । दुर्घटनामा ८४५७ नम्बरको मोटरसाइकल चालक इलाम चुलाचुली वडा न.५बस्ने वर्ष३७ का चन्द्रकुमार राईलाई केही नभएको, सोही मोटरसाइकलमा पछाडी सवार वर्ष४५ की चन्द्रकला राई घाइते भएकी छन् । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । फरार रहेको ६७७ नम्बरको मोटरसाइकल चालक गौरादह४बस्ने बर्ष ३५का संजोगदास दर्जी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो साँझ ६ः३०बजे कन्काई वडा न. १जामुनखाँडी बस्ने सुजित लामिछानेका छोरा वर्ष ६का सुविगय लामिछाने आफ्नै घरअगाडि साइकल चलाउने क्रममा साइकलबाट लडेर घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।
त्यस्तै राति १२.१५ बजे बिर्तामोड ५मनमोहन अस्पताल अगाडी पूर्वपश्चिम लोकमार्गमा चारपानेबाट चारआलीतर्फ जाँदै गरेको प्र.१–०१–०१८प२४६९न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ज४०९५न.को इभी भेन एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम माई ५बस्ने बर्ष२५का धर्म मगर घाइते भएका छन् । भेनचालक पाँचथर हिलिहाङ १बस्ने बर्ष ३१का संजिब राईले मनमोहन अस्पतालमा लगी घाइतेको उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै राति १ः३०बजे दमक ६गणतन्त्र चोकस्थित पूर्वपश्चिम लोकमार्गमा पाडाजुँगीबाट दमकतर्फ जाँदै गरेको लु७०प३०२७न. को. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक १कुमाल चोक बस्ने बर्ष ३५का लोकेन्द्र चेम्जोङ गंभीर घाइते भएका छन् । टाउकोको दाहिने कन्चटमा चोट र नाक, कान, मुखबाट रगत बगिरहेको अवस्थामा प्रहरी टोलीले घाइतेलाई उद्धार निम्स अस्पताल दमक पठाएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।



