झापा, कात्तिक २६ । चर्चित फिल्म अभिनेता गोविन्दाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई मुम्बईको क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको हो । गोविन्दाका सहयोगी एवं कानुनी सल्लाहकार ललित बिन्दलले उनलाई अस्पताल भर्ना गरिएको कुरा पुष्टि गरेका छन् ।

ललितले गएराति करिव ९.४५ बजे गोविन्दा अचानक आफ्‌नै घरमा बेहोस भएको बताए । पहिला चिकित्सकले औषधी दिएका थिए । त्यसबाट निको नभएपछि राति १.१५ बजे जुहूस्थित क्रिटीकेयर अस्पतालमा लगिएको हो । गोविन्दाको हालत अहिले स्थिर रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्