झापा, कात्तिक २६ । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।


वार्तामा प्रसाईं सहभागी छैनन् । तर उनको समूहबाट माधवप्रसाद खतिवडा नेतृत्वमा देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्रप्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी छन् ।
खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई माग पत्र बुझाएका छन् । त्यसमाथि छलफल जारी छ ।

सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नभएर खतिवडाको नेतृत्वको टोली वार्तामा पठाएका हुन् । वार्ता जारी रहेको खतिवडाले बताए । ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी छौं ’ उनले भने । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्