झापा, कात्तिक २६ । झापाको बाह्रदशी– ३ स्थित लक्ष्मीथान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ ।

राजगढस्थित मुख्य कार्यालयमा मंगलबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले इन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। दुई कार्यकालसम्म संस्थाको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष प्रेमबहादुर घिमिरेले नेतृत्व हस्तान्तरण गर्दै सबैको नेतृत्व विकास र सह–अस्तित्वका लागि आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।

नवगठित नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष प्रमिला राजवंशी, सचिव सोमनाथ बराल, कोषाध्यक्ष राधा राजवंशी तथा सदस्यहरूमा उषाकुमारी राजवंशी, शान्ति राजवंशी, राजेन्द्रप्रसाद भण्डारी, गायत्रीकुमारी साह र राजकुमार ढकाल रहेका छन्।

त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुशीला राजवंशी रहेकी छन् भने सदस्यहरूमा समिम अख्तर र टोपेन्द्र राजवंशी चयन भएका छन्।

संस्थाले हाल राजगढ, कचनकवल र झापा गरी तीन सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
हाल संस्थामा १,८९० जना शेयर सदस्य रहेका छन्। संस्थाको चुक्ता शेयर पुँजी १ करोड २६ लाख ४३ हजार ९ सय, कुल निक्षेप ३ करोड ७८ लाख ७६ हजार ८९२ र कुल ऋण लगानी रु. ५ करोड ३ लाख ७ हजार १५५ रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षमा संस्थाले सम्पूर्ण खर्च कटाएर १६ लाख ३० हजार १६९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

साधारण सभाले अघिल्ला वर्षझैं यस वर्ष पनि उत्कृष्ट कार्यका लागि पाँच जना सदस्यहरूलाई सम्मान गरेको छ। सम्मानित हुने सदस्यहरूमा पदमलाल राजवंशी, कृष्णप्रसाद राजवंशी, समिम अख्तर , श्रीयान मेचे र नेमी गणेश रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्