झापा, कात्तिक २६ । सरकार र दुर्गा प्रसाईं समूहवीचको वार्ता सकारात्मकरुपमा सम्पन्न भएको छ ।

करिव ३ घण्टा गृह मन्त्रालयमा चलेको वार्ता सकारात्मक रहेको वार्तामा सहभागी दुर्गा प्रसाईं समूहका माधवप्रसाद खतिवडाले बताए । उनले आफूहरुले २७ बुँदे आफ्ना माग राखेको र तीमध्ये आधा माग निर्वाचनअघि नै पूरा गर्न आग्रह गरेको बताए । वार्तामा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काललै ती माग पूरा गर्न नसकिने जवाफ दिएको उनले बताए । त्यसबारे अर्को चरणको वार्ता हुने भएको हो ।
अबको वार्ता राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई र प्रधानमन्त्री सुशीला कार्कीबीच निकट भविष्यमै हुने गरी आजको वार्ता सकिएको खतिवडाले जानकारी दिए ।
आजको वार्तामा प्रसाईं सहभागी भएनन् । तर उनको समूहबाट माधवप्रसाद खतिवडा नेतृत्वमा देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी थिए ।



