झापा, कात्तिक २६ । अत्यधिक मदिरा सेवनबाट दमकमा एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ३ बजे दमक ६ बोका हाउसअगाडी वडा नं ७ सयपत्री टोल बस्ने ४७ वर्षीय बिनोद चम्लागाई अत्यधिक मादक पदार्थ सेवन गरी लडिरहेको अवस्थामा फेला परेका थिए । उनका भाइ योगेन्द्र चम्लागाईले घर लगेकोमा आज बिहान ९ः३० बजे बिरामी भई उपचारको लागि दमक अस्पताल ल्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको थियो । पोस्टमार्टमपश्चात् भाइ योगेन्द्र चम्लागाईले शव बुझिलिइ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्