झापा, कात्तिक २७ । झापा बुद्धशान्ति –३ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा ट्रक र सुमो ठोक्किदा पाँचजना घाइते भएका छन् ।

गएराति ८.३० बजे बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको डब्लुबी ७६६७५२ न.को भारतीय सुमो र बिपरित दिशाबाट जाँदै गरेको मे.१ख.३३६७ न. ट्रक एकआपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा सुमो चालक भारत दार्जेलिङ बस्ने बर्ष४६ का बिसन साशंकर,सुमोमा सवार यात्रुहरु भारत नक्सलबारी बस्ने बर्ष४३ का शेखर गहतराज, दार्जेलिङ बस्ने बर्ष ३७ का एसदिप साशंकर , झापा बुद्धशान्ति –३ बस्ने बर्ष ३७ का घनश्याम बि.क. र सडकमा हिड्दै गरेका पैदलयात्री बुद्धशान्ति –३ बस्ने बर्ष ६५का हिरालाल चौधरी घाइते भएका छन् । पैदलयात्री चौधरीलाई ट्रकले ठक्कर दिएको हो ।

पाँचैजना घाइतेहरुलाई उपचारका लागि भागिरथा न्यौपाने अस्पताल बुधबारे लगिएको थियो । बिसन साशंकर,शेखर गहतराज,एसदिप साशंकर,घनश्याम बिकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । पैदलयात्री चौधरीलाई बचाउन खोज्दा ट्रक सुमोसंग ठोक्किएको बताइएको छ ।


ट्रकचालक ताप्लेजुङ मैवाखोला –६बस्ने बर्ष२४का ज्ञानेद्र लिम्बूलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्