झापा, कात्तिक २७ । नवजात शिशुको मृत्यु भएपछि बीएण्डसी अस्पताल बिर्तामोडमा विवाद भएको छ ।

शिवसतासी नगरपालिका ४ नयाँबजार बस्ने रमेश बासकोटाकी गर्भवती श्रीमती ३० वर्षीया शर्मिला कोइराला कात्तिक २० गते सो अस्पतालमा भर्ना भएकी थिइन् । भोलिपल्ट उनीबाट ७ महिनाको शिशु( छोरी) अप्रेशनबाट जन्म भएको थियो । ती शिशुलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा हिजो बिहान ४ बजे मृत्यु भएको थियो । डाक्टरको लापर्वाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले विवाद गरेका हुन् ।

विवादपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच ४बुँदे सहमति भएको छ । मेडिकल र व्यवस्थापन पक्षले माफी माग्ने, मृतक शिशुको दाहसस्कारको लागि माईखोलासम्म एम्बुलेन्स उपलब्ध गराउने ,बच्चा र आमाको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने र बच्चाको आमा शर्मिला कोइरालाको नाममा एकलाखको कोष जम्मा गरिदिने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्