झापा, कात्तिक २७ । मधेशमा सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका ५ सदस्यलाई पदमुक्त गरेका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90


७ दलले बिहीबार सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप उनले ५ सांसदलाई पदमुक्त गरेका हुन् ।

पदमुक्त हुनेमा उर्मिला देवी सिंह, मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवार छन् ।

संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएको आजैका मितिदेखि प्रदेसभा सदस्यबाट पदमुक्त गरेको प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।

कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै ७ दलले ’सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गरेका थिए

यसैबीच सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव लिएर उपसभामुखको कार्यकक्षमा पुगेका ७ दलका सांसदमाथि सभामुखले कुटपिट र हातपात गरेका छन्।

उपसभामुख बबिता राउतले सभामुखविरुद्धको महाअभियोग पत्रमा तोक लगाएर दर्ताका लागि पठाएपछि विवाद चर्किएको थियो। महाअभियोगपत्र दर्ता गर्ने प्रक्रियामा कर्मचारीहरू रहेकै बेला अचानक प्रदेशसभा सचिवालय पुगेका सभामुख मण्डलले लोसपाका सांसद उपेन्द्र महतो र जनमतका संसदीय दलका नेता महेश यादवलाई कुटपिट गरेका हुन्। सभामुख मण्डलले त्यहाँ उपस्थित ७ दलका अन्य सांसदहरूमाथि पनि हातपात र अमर्यादित व्यवहार गरेको जनमतका सांसद चन्दन सिंहले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्