झापा, कात्तिक २८ । झापामा लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।


आज दिउँसो ४ः४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री हल्दिबारी वडा न.३ बस्ने वर्ष ३१ का अनुप महतोलाई शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ९ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै आज साँझ ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीहरुलाई शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगरसहित थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ३ कंचनजंघा टोल बस्ने बर्ष ३० का देबराज श्रेष्ठ रहेका छन् । उनको गोजीबाट प्लाष्टिकबाहेक २ ग्राम ६० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।

त्यस्तै बिर्तामोड ५ शान्तिटोल बस्ने बर्ष ४० को रामकुमार मौली ३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै हल्दिबारी ३ जलथल बस्ने बर्ष २० का सुफर मर्डी ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्