भद्रपुर, कात्तिक २९ । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को दोस्रो साधारण सभा सम्पन्न भएको छ ।


स्थापनाको १९ औ तथा विभिन्न कृषि सहकारी संस्थाहरूसंगको एकीकरणपछिको दोस्रो साधारण सभा उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै विविध कार्यक्रमका साथ सम्पन्न भएको हो ।

सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको अध्यक्षता तथा जेष्ठ सदस्य कृष्ण दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उत्कृष्ट कृषक प्रोत्साहन सम्मान पदमप्रसाद अधिकारी, उत्कृष्ट बचत सम्मान थिरराज कोइराला तथा ऋण कारोवार सम्मान नारायणप्रसाद अधिकारीलाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट सन्तति सम्मानबाट आशना घिमिरे र आयुष पौडेललाई नगद रू १ हजार ५०५ सहित पुरस्कृत गरिएको थियो ।

अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष मीनबहादुर कार्कीले ५ लाख ४९ हजार ८५६ रुपैयाँ नाफासहितको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत तथा सचिव निर्माण नेपालले सञ्चालन गरेको सभामा वीरेन्द्र माविका प्रधानाध्यापक खिलराज कोइराला र सहकारी संघ झापाका सदस्य काशीनाथ घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्