झापा, कात्तिक ३० । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेबाट फरार एक थुनुवा सम्पर्कमा आएका छन् ।

सवारी अंगभङ्ग मुद्दामा अनुसन्धान भइरहेका कचन्कवल –६ घर भई हाल काठमाण्डौं दक्षिणकाली ३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल आज बिहान आफै सम्पर्कमा आएका हुन् । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्