झापा, मंसिर १ । ९ दिनअघि पाडाजुँगी– गौरीगञ्ज भित्री सडकखण्डमा अटो दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भएको छ ।

गत कात्तिक २१ गते साँझ ७ः४० बजे गौरादह– १ गेउरिया चोकस्थित पाडाजुँगी –गौरीगञ्ज भित्री सडकखण्डमा गेउरिया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ ह ५७५४ नम्बरको अटो गेउरिया चोकमा रोकेर धान लोड गर्दै गरेको प्रदेश न.१–०२–००१ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडी ठोक्किएको थियो ।
दुर्घटनामा अटो चालक गौरादह वडा न.१ बस्ने ४८ वर्षीय मोहम्मद डोमा सामान्य र सोही अटोमा सवार उनकी श्रीमती श्रीमती ३७ वर्षीया खुश्बु खातुन गंभीर घाइते भएका थिए ।
खुश्बुलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा हिजो दिउँसो १२ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




