झापा, मंसिर १ । दुई दिनअघि झापाको बुद्धशान्तिमा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ ।


शनिवार राति ९ः३० बजे बुद्धशान्ति–४ मंगलबारेस्थित भित्री सडकखण्डमा भञ्ज्याङबाट मंगलबारेतर्फ जाँदै गरेको मे.१० प.११०४ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय अभिषेक नेवार घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा गएराति ९ बजे घाइतेलाई आफन्तले घर लिएर गएका थिए । आज बिहान ६ः३० बजे उनको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा टोली खटिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्