झापा, मंसिर १ । झापा दमकका बासिन्दाहरुले मदन भण्डारी राजमार्ग अवरुद्ध पारेका छन् ।

आज बिहान दमक नगरपालिका वडा नं.२ र ३ मा पर्ने मदन भण्डारी राजमार्गअन्तर्गत बेलडाँगी १ देखि बाघखोर चोकसम्म करिव डेढ किलोमिटर सडक कालोपत्रे नगरी छाडेको र पानी पनि नहाल्दिँदा धुलो अत्यधिक उड्ने गरेका कारण त्यहाँका स्थानीयले बाँसको बार लगाएर बाटो बन्द गरेका हुन् ।
धुलोका कारण जनजीवन कष्टकर बन्दै गएकाले यस विषयमा स्थानीय सरकारलाई बारम्बार जानकारी गराउँदा समेत बेवास्ता गरेपछि आज विहान ८ बजेदेखि दमक वडा नं.३ का राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति केशव भण्डारीलगायत १०/१५ जना स्थानीयहरूले बाँसको बार लगाएर बाटो बन्द गरेको जनाइएको छ। उनीहरुले सम्वन्धित निकाय र ठेकेदारले आएर लिखित सहमति नगरून्जेल बाटो नखोल्ने बताएका छन् ।



