झापा, मंसिर २ । चारआली ब्यारेकमा नेपाली सेनाको भर्ना खुलेको छ ।


चारआली व्यारेकमा रहेको अरिदमन गणमा सयजनाको लागि नेपाली सेनाको भर्ना खुलेको हो । सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीतर्फ ५ जना, खुल्लातर्फ ५२ जना, महिला ९, आदिवासी–जनजाति १४ जना, मधेसी १२ जना, दलित ६ जना र पिछडिएको क्षेत्र २ जना गरेर जम्मा १०० जनाको कोटा रहेको गणले जनाएको छ । फर्म भर्ने अन्तिम मिति पुष ५ गतेसम्म रहेको छ ।

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्