झापा, मंसिर २ । नेपाल प्रिमियर लिग(एनपीएल) हेर्न पास नदिएको भन्दै त्रिवि विश्वविद्यालय क्याम्पस स्ववियु सदस्यले त्रिवि उपकुलपति दीपक अर्यालको कार्यालयमा तोडफोड गरेका छन् ।

आज दिउँसो उपकुलपति अर्यालको कार्यकक्षमा तोडफोड भएको हो ।उपकुलपति कार्यालयका कर्मचारीका अनुसार तोडफोडमा स्ववियुमा निवार्चित विद्यार्थीहरू सहभागी थिए । तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरूलाई रोकेको थियो ।

गत वर्ष पहिलो संस्करणको एनपीएलमा स्ववियु, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठन र तीनका सीमित नेतालाई क्यानले निःशुल्क टिकट र भीआईपी पास (विशिष्ट पाहुनासरह) उपलब्ध गराएको थियो । संगठनपिच्छे ३० देखि ५० वटा निःशुल्क टिकट र ५÷७ वटाको दरले भीआईपी पास उपलब्ध गराएको विषय आलोचित भएपछि यस वर्ष स्ववियुका तर्फबाट एकमुष्ट रकम दाबी गरिएको एक स्ववियु सदस्यले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्