झापा, मंसिर २ । झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

आज बिहान ११ः५० बजे झापा गाउँपालिका वडा न.५ खाताबस्तीस्थित सशस्त्र प्रहरी बल बिओपी पन्तापाडाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल वडा न.३ कर्खा बस्ने २८ वर्षीय दिलिपकुमार भुजेललाई लागूऔषधसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ८ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

त्यस्तै आज साँझ ७ः४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१५ प ५३३ नं. मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक हल्दिबारी २ बस्ने राम मर्डी र वडा नं ३ बस्ने धनबहादुर बनले मोटरसाइकलको बिचमा चिनीको पोकामा प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो । दुबै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिप्रका झापा पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्